देश

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिए कानुन व्यवसायीहरु

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | बिहान ११:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरु कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् ।

नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार बिहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु गरिएको छ । उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको हो ।

प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने कानुन व्यवसायीहरुको अडान छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने बताएका छन् ।

कमेन्टहरु