डडेल्धुरामा बस दुुर्घटना

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | बिहान १०:०७ बजे

धनगढी । डडेल्धुरामा बस दुुर्घटना हुुदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका-१ मा दुुर्घटना भएको हो ।
ना८ख ६१३२ नम्बरको बस दुर्घटना हुुदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बामदेव गौतमले जानकारी दिए । उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए ।
बस सडकबाट करिब १५० मिटर तल खसेको र दुुर्घटनाको कारण भने अझै खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















