बागमति प्रदेश सरकारका भाैतिक पुर्वाधार मन्त्री भडेललाई गृहजिल्लावासीले बधाई दिने


काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरले नवनियुक्त बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेललाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । क्षेत्रीय कार्यसमितिले कार्तिक १५ गते सोमबार मन्त्री भडेललाई बधाई तथा शुभकामना कार्यक्रम राख्ने भएको हो । समितिले सोमबार विहान साढे सात बजे भक्तपुर बैंकेट कालोपाटीमा बधाई तथा शुभकामना राखेको क्षेत्रीय सभापति जीवन खत्रीले सूचना चाैतारी डट कमलाई जानकारि दिए ।
क्षेत्रीय सभापति खत्रीले बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि,वडा कार्यसमिति, नगर समिति,प्रदेशसभा क्षेत्रीय कार्यसमिति,क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन महासमिति सदस्यका साथै पार्टीका जिम्मेवार नेता, कार्यकर्ता शुभचिन्तक, भ्रातृ तथा सुभेच्छुक संस्थामा अवद्ध सबैलाई निमन्त्रणाका लागि अनुरोध गरेका छन ।
शनिवार भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीको नेतृत्वमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको विसाल सहभागीतामा मन्त्री भडेललाई पार्टी कार्यालयबाट उनको निजि निवास चागुनारायणसम्म पुर्याइएको थियो ।
नेपाली कांग्रेसका नेता भडेल भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन । बागमती प्रदेशको सत्ता समिकरणपछि भडेल भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त भएका हुन । उनी बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुन । भडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो ।






















