आफ्नो चुनावीहार जनताको बिकासबाधक भएको हो : नेता गुप्ता


महेश सिंह
सिरहा । लहान १४ कार्तिक-पर्व तिहार नज्दिकै आउँदा राजनीतिदलहरुले धमाधम कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् । विभिन्न राजनीतिदलहरुले आफनो सहकर्मी साथीहरूसंग एक आपसमा शुभकामना आदानप्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागेका छन्।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीकामा जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा वरिष्ठ नेता राज कुमार राजु गुप्ताले आफनै जन्म स्थान लक्ष्मीपुर पतारीमा भब्य सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए।
शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको अध्यक्ष तथा जसपा नेपालका क्षेत्रीय अध्यक्ष परीयाग लाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएका थिए। सभा अध्यक्ष यादव मधेस प्रदेश समितिको कमिटी सदस्य समेत रहेका छन । यादवका अनुसार नेपालमा काङ्ग्रेस कम्युनिस्ट तानाशाहीको पार्टी हुन पुगेका नेता यादवले चर्चा गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष हनुमान मण्डलले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिमा जसपा नेपालका केन्द्रिय सदस्य तथा बरिस्ठ नेता राज कुमार राजु गुप्ता रहनु भएको थियो। प्रमुख अतिथि गुप्ताका अनुसार जसपा नेपालका साता गाउँपालिकामा कसरी कायम रहन्छ भने कुरामा जोड दिदै आफनो आफ्नो चुनावी हार जनताको बिकासबाधक भएको मंचमै गरजिएका थिए । आफनो हार स्थानीय जनताको हार भएको भन्दै बिकासमा गतिनलिएको प्रष्ट पारेका थिए।
गाउँपालीका अध्यक्ष रामबलब साह विशिष्ट अतिथि रहनु भएको थियो। समाजसेबी दिनेश यादवका अनुसार जून संबिधानको नियममा छौं त्यो जनमुखी प्रत्याभूति गर्न चाहन्छौ । युवा नेता दिपेन्द्र यादवका अनुसार यस्तो कार्यक्रम प्रत्येक बर्ष हुनुपर्ने बताए । २२जिल्ला मध्ये ८ वटा जिल्ला मात्र पाएको दुर्भाग्य भएको हो।नागरिकताको बिषयमा यो संबिधानमा तह अधिकार नरहेको बताए । देशमा कम्युनिस्टको सरकार तानाशाहीको सरकार रहेको बताए।
जनताको अधिकार दिने पार्टी जसपा पार्टी बताए । नेतृ ललिता दासकी अनुसार जसपा पार्टीलाई चुनावमा जिताउनु जरुरी रहेको बताए । तानाशाही पार्टीलाई मधेसबाट लखेटेर भागाउनु पर्ने अवाज उठाएका थिए। जसपा लहान नगर अध्यक्ष दिनेश महतोका अनुसार आफूहरु चुनावको मुखमा आएको र शक्ति पीठहरुको कारण आउने चुनावमा शक्ति प्रदान होस भने भगवान संग प्रार्थना गर्नु भयो।
दिश्वर गुप्ताका अनुसार एतिहासिक जगहमा संरक्षणका कुरा समाजबादका कुरामा जोड दिनु भयो। गाउँपालिकामा रामबलबका सरकार रहेको बताए । शखुवानानन्कारकट्टी जसपा अध्यक्ष सत्यलाल यादबका अनुसार अगामी चुनावमा घर घरमा पर्चार गर्दै काङ्ग्रेस नाता प्रदीप ग्रीरीलाई स्वागत गर्न जनसमुदायको स्वागत मालाको फुल सुखी सखेको टिप्पणी गर्नु भयो।
जसपा नेता राज कुमार गुप्ता राजुलाई यो क्षेत्रबाट जिताएर पठाउनु हुन्छ भने उक्त क्षेत्रको बिकासमा गति हुने बताउनु भयो।






















