राष्ट्रिय दलित पत्रकार संघ रौतहट नेपालको प्रथम भेला कार्यक्रम भब्यताका साथ सम्पन्न


सुनिल रजक
रौतहट । राष्ट्रिय दलित पत्रकार संघ रौतहट नेपालको प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा अवस्थित ब्लुमुन होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान चाँड पर्व शुभ दिपावली छ्ठ एवम् तिहारको शुभ अवसरमा अवसर पारी राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाले प्रथम भेला तथा सुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
लोकतान्त्रको मुल आधार,सम्मान सहयोगीता र विभेद मुक्त सामाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज भने नाराका साथ सो कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट संघको कार्यालय गरुडामा संचालन हुने,हरेक महिनाको १ गते का दिन भेला हुने र सघको कोष संचालन हुने सर्वसहमतिले निर्णय भएको छ। कार्यक्रममा रौतहटमा संचालनमा आएको राष्ट्रिय दलित पत्रकार संघ रौतहटको कार्यालय अध्यक्ष राजेश पासवान निर्माणीकोको अध्यक्षतामा सम्पन भएको थियो ।
कार्यक्रमको साभा अध्यक्षमा राजेश पसवान, प्रमुक अतिथिमा राष्ट्रिय दलित पत्रकार संघ रौतहटको वरिष्ट सदस्य सादस साम्भु दास, विशिष्ट अतिथिमा राष्ट्रिय दलित पत्रकार संघ रौतहटको उपाध्यक्ष दिपेन्द्र रजक,कोसाअध्यक्ष प्रदिप दास, अतिथिहरुमा राष्ट्रिय दलित पत्रकार संघ रौतहटको सह सचीव सुनिल रजक,जयनारायण पसवान,लखिन्द्र पसवान लागाएत हरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको राष्ट्रिय दलित पत्रकार संघ रौतहटको सहसचिव सुनिल रजक जान्कारि दिनुभएका छ्न ।






















