देश

बुढानिलकण्ठमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका-४ स्थित पासिकोट शिब मन्दिर नजिकै रहेको ४३ वर्षीय दिलसेन खड्काको घरमा शुक्रबार राति ग्यास सिलिन्डर पड्किएको हो ।

सिलिन्डर पड्किएर आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कमेन्टहरु