सभ्यता नभएर बारमा कुटाकुट भएको ओलीको टिप्पणी

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएसनमा सभ्यता नभएर कुटाकुट भएको टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले सभ्यता नभएकाहरुबीच कुटाकुट भएको बताएका छन् । नेपाल बार एसोसिएसन परिसरमा हिजो दुई कानुन व्यवसायीहरूबीच कुटाकुट भएको थियो । कानुन व्यवसायी विराट न्यौपाने र अधिवक्ता भूमिनन्द चुडालबिच हात हालाहाल भएको थियो ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा त न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस्” भन्दै आफूमाथि हात हालेको चुडालले बताएका थिए ।






















