देश

अफगानिस्तानबाट थप ३२ नेपाली नागरिकको उद्दार

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ । यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भई नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । यो सँगै अफगानिस्तानमा अब उद्दारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा अब नेपाली नागरिकहरु नरहेको बताए । उनले भने, ‘त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ, आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९०६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।

कमेन्टहरु