बाँकेको एक होटलबाट चितुवाको छालासहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०२:०७ बजे

बाँके । बाँकेमा प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसको कोठा नं २०५ बाट चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरीका ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनीहरूको साथबाट एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी बरामद गरिएको डिसपी खनालले बताए ।






















