प्रदेश १ को सरकारबाट एमाले चाँडै बाहिरिन्छ : माधब नेपाल


मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले बलियो भएको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउने विषयमा कुनै छलफल नभएको कुरा दोहोर्याए।
उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने र आफ्नो पार्टीको संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने बताए । यसअघि बागमती प्रदेशमा एमाले नेता अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेका कारण मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीबाट नेता राजेन्द्र पाण्डेले त्यहाँको प्रदेश सरकारको नेतृत्व गरेका छन्।
त्यसक्रममा अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप पनि नेता नेपालले लगाए। अध्यक्ष नेपालले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको दाबी पनि गरे।






















