धर्म–संस्कृति/रीतिथिति

राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शन गरिन

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०१:०७ बजे

जोमसोम । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङको भ्रमण गरेकी छिन । राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारीसहितका कर्मचारी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। बिहान १०:३० बजे नेपाली नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेकी थिईन। राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले बिहान ११ बजे मुक्तिनाथ दर्शन तथा पूजा गरिन्।

मुक्तिनाथ मन्दिरमा राष्ट्रपति भण्डारीले मुक्तिनाथका पुजारीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजाअर्चनालगायतको सम्पूर्ण पूजा पाठ सम्पन्न गरिन्। भण्डारीले करिब १५ मिनेट पूजाअर्चनामा समय खर्चिएको बताए। राष्ट्रपति भण्डारीले पुजारीबाट टीका र प्रसाद ग्रहण गरिन्। सो क्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथमा अवस्थित ३५ मिटर अग्लो बौद्ध स्तुपाको समेत अवलोकन गरिन्। मुक्तिनाथ दर्शनका लागि आएकी राष्ट्रपति भण्डारीको सुरक्षाका निगरानीमा कडाई गरिएको छ।

photo 2021 10 30 00 25 06

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ दर्शन तथा अवलोकन गरी बाग्लुङस्थित ढोरपाटन आरक्षण क्षेत्रतर्फ प्रस्थान गरिन्। उनले ढोरपाटनमा पैदलै रिफ्रेसमेन्ट गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण सम्बन्धि प्रस्तुति कार्यक्रममा सरिक हुने कार्यक्रम छ। त्यसपछि उनले ढोरबराह मन्दिर दर्शन गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण क्षेत्रको अवलोकन गर्नेछिन्। बाग्लुङको ढोरपाटन नेपालकै एकमात्र शिकार आरक्षण क्षेत्र हो।

राष्ट्रपति कार्यालयको भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारी शनिबार दिउँसो २ बजे लक्ष्मी निवासी प्रस्थान गर्ने र दिउँसो ३ बजे लक्ष्मी निवासबाट राष्ट्रपति कार्यालय प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

photo 2021 10 30 00 25 13

कमेन्टहरु