देश

छानबिन समितिको प्रतिवेदन, बुद्ध एयरका पाइलट दोषी

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | बिहान ०८:०७ बजे

काठमाडौ । असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट आंगेलु शेर्पालाई दोषी देखाइएको छ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहिबार प्रतिवेदन बुझाउँदै उनलाई दोषी ठहर गरेको हो।

बुद्ध एयरका पाइलट शेर्पाले त्यो बेला चेकलिस्ट नहेरेकाले विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्नसमेत सिफारिस गरेको छ।

छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ ।

कमेन्टहरु