सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्वन्धी कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह ०७:०७ बजे

वीरगंज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज वीरगन्ज उद्योग वाणिज्य संघ कै सभाहलमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक श्री प्रेमप्रसाद भट्टराई रहनुभएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, का.स.स., उद्योगी, व्यपारीहरु र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरुको उपस्थिति रहेको थियो ।






















