मुख्य समाचार

बार एशोसिएसन परिसरमा दुई वकिलबीच कुटाकुट

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना वकिलबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । सोही विषयमा आपसी असमझदारी हुँदा दुईबीच कुटाकुट भएको हो । उपस्थित कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनमाथि दुर्व्यवहार गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दा उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफू अब कानूनी प्रक्रियातर्फ जाने बताए । न्यौपानेले भने ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।

कमेन्टहरु