देश

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुरु भएको बैठकमा स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने सचिव तामाङले जानकारी दिए ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ ।

कमेन्टहरु