लागूऔषध गाँजासहित दुई युवक पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह १२:०७ बजे

सप्तरी, १२ कात्तिक । नेपालबाट भारततर्फ लागूऔषध गाँजा लग्दै गरेको अवस्थामा दुई किशोर पक्राउ परेका छन् । जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर २ कमलपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँवाट खटिएको टोलीले २ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । ऋन टेष्ट अपाची आरटीआर १६० को मोटरसाईकलबाट भारततर्फ जाँदै गरेको अबस्थामा राजविराज नगरपालिका २ राजदेवी टोल बस्ने १५ वर्षीय अजय मण्डल र कञ्चनरुप नगरपालिका ९ लदबेधी टोलका १४ वर्षीय रुपेश यादवलाई २ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















