देश

लमजुङमा एमालेको सबै कमिटी सर्वसम्मत चयन

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह १२:०७ बजे

लमजुङ । नेकपा एमाले लमजुङले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरेको छ। वडा र पालिकाका सबै कमिटीमा एमालेले सर्वसम्मत् नेतृत्व चयन गरेको हो। एमालेले जिल्लाका ७५ वटै वडा र लमजुङका ८ वटा स्थानीय तहमा गाउँ तथा नगर कमिटीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको एमाले लमजुङका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले बताए।

चार नगरपालिका र ३ गाउँपालिकामा मंगलबार र मस्र्याङ्दी गाउँपालिकामा बुुधबार नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको दवाडीले जानकारी दिए। अधिवेशनअन्तर्गत बेसीशहर नगर कमिटीको अध्यक्षमा राजकुमार विष्ट दोहोरिएका छन्। उपाध्यक्षमा दुर्गाबहादुर बुढाथोकी, सचिवमा सरद बराल, उपसचिवमा वुना रिमाल र विरेन्द्र गुरुङ सर्वसम्त चयन भएका छन्। मध्य नेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह, उपाध्यक्षमा सुर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा शाखी र सुर्यवहादुर नेपाली चयन भएका छन् ।

राइनास नगर कमिटीको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्षमा ध्रुव अकेला, सचिवमा वलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सुन्दबजार नगर कमिटीको अध्यक्षमा भिमबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्ष र सचिव पदमा सहमति हुन सकेको छैन। उपाध्यक्ष पदको उमेदवारमा जयराम रेग्मी, मेनबहादुर घले, गोविन्द गुरुङ रहेका छन्। सचिव पदका उमेद्वारमा प्रेमबहादुर भट्टराई, कृष्णकुमार श्रेष्ठ, खेम गुरुङ, कृष्णप्रसाद अधिकारी र सुवासकुमार श्रेष्ठ छन्। सहसचिवमा नवीनकुमार श्रेष्ठ र पार्वती अधिकारी सर्वसम्मत चयन भएका छन्।

गाउँपालिकातर्फ दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी दोहोरिएका छन्। उपाध्यक्षमा मानबहादुर गुरुङ, सचिवमा अम्विका मरहट्ठा, उपसचिव लालमाया मिजार र नेत्र गुरुङ सर्वसम्मत चयन भएका छन्। क्व्होलासोंथर गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर गुरुङ दोहोरिएका छन्। उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, सहसचिवमा आसविर गुरुङ चयन भएका छन्। दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ चयन भएका छन्। उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुल तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन्। मस्र्याङ्दी गाउँ कमिटीको अध्यक्षमा चेतबहादुर गुरुङ, उपाध्यक्षमा जुनामाया थापा, सचिवमा राम थापा, उपसचिवमा नन्दराज तामाङ र सरोज विक चयन भएका छन्।

लमजुङका आठ वटै स्थानिय तहको अध्यक्षमा पुरुष चयन भएका छन्। पदाधिकारीमा महिलालाई प्रथामिकता दिइएको छैन। समावेशीताको आधारमा कमिटीहरुमा सबै क्षेत्र र समुदायको प्रतिनिधित्व भएको एमालेले जनाएपनि सो अनुसार भएको पाइएको छैन

कमेन्टहरु