देश

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्रीले लिए सपथ

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पाण्डेलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेलले भौतिक पुर्वाधार, एकीकृत समाजवादीबाट कृष्ण खनालले आन्तरिक मामिला तथा योजना र माओवादी केन्द्रबाट कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् । प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।

एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे बहुमत सदस्यको समर्थन सहित मुख्यमन्त्री नियुक्त भएका हुन् ।

कमेन्टहरु