राजनीति

नेकपा महाराजगन्ज नगर कमिटी अध्यक्षमा पुन : निजामुद्दीन डफाली चयन

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०८:०७ बजे

घनश्याम यादव
महाराजगन्ज । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगर कमिटीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुन: निजामुद्दीन डफाली नगर कमिटीकाे अध्यक्ष पदमा चयन भएको छ ।

नगर कमिटी उपाध्यक्ष देवेन्द्र चौधरी, सचिव सन्तोष त्रिपाठी, उपसचिव सूर्यमन पासी र श्रवण चौधरी सहित ३८ सदस्यीय रहने गरि नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष् पार्टी (एमाले) कपिलवस्तु जिल्ला महाराजगन्ज नगरकमिटीले जनाएको छ ।

नगर अधिवेशनमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार परिषद सदस्य इन्द्रमणि पौडेल, निर्वाचन मण्डलका अध्यक्ष टेकराज पौडेल, बिशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य डम्बर शर्मा लगायत जिल्ला तहका एमाले नेताको सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाराजगन्ज नगर कमिटीको कार्यालयमा प्रथम नगर अधिवेशन सम्पन्न गरेको हो । नगर अध्यक्ष निजामुद्दीन डफाली, उपाध्यक्ष देवेन्द्र चाैधरी, सन्ताेष त्रिपाठी र जिल्ला सचिवालय सदस्य महमुद अलिले अधिवेशनबाट चयन हुनुभएको सम्पूर्ण पदाधिकारीहरुले राम्रोसँग काम गर्ने आपेक्षा लिएकाे र सफल कार्यकालको शुभकामना तथा बधाई दिनुभएको थियो ।

कमेन्टहरु