Opens in a new tab

यातायात

नारायणगढ–मुग्लिन सडकमा आज राति ८ बजेदेखि भोलि बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक

नवलपुर टुडे
२०८३ अशोज ८ | मध्यान्ह ०५:०६ बजे

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।

सूचनामा भनिएको छ, ‘आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भनी नेपाल मौसम विज्ञान विभागद्वारा समेत सूचना जारी भएको तथा यसबाट बाढी, पहिरो, डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न मिति २०८३।०६।०८ गते बेलुका ८:०० बजेदेखि मिति २०८३।०६।०९ गते बिहान ५:०० बजेसम्म नारायणगढ– मुग्लिन सडकखण्डअन्तर्गत चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

 

797625285 1722179213248843 2157545434572797614 n

कमेन्टहरु