सिंहदरबारभित्र गोली चल्यो

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ । सिंहदरबारमा असई अनुपमा भारतीले बोकेको पेस्तोल भुइँमा खस्दा गोली चलेको हो ।
अपरान्हको करिब ५ बजे असई भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो । झुक्किएर पेस्तोल भुईमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
पेस्तोलबाट चलेको गोली भित्तामा लागेकाले कुनै मानवीय क्षति नभएको प्रवक्ता बस्नेतले बताए । उनले भने ‘मिस ह्याण्डलिङ भएर गोली चलेको हो, यसबारेमा हामीले बुझिसकेका छौं ।’






















