देश

एकीकृत समाजवादीलाई चुनाव चिन्ह `कलम´

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले चुनाव चन्ह कलम प्रदान गरेको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ बनेको नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

कमेन्टहरु