देश

भाषाका आधारमा थामी समुदायको जनसंख्या र बसोबास रहेको जिल्ला(विवरण सहित)

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०५:०७ बजे

दोलखा । नेपाल एउटा बहुसंख्यक समुदायहरुको बसोबास गर्ने देश हो । यसैको बारेमा हामीले २०६८ सालको जनगणनामा मातृभाषाका आधारमा थामी समुदाय र भाषीहरूको जिल्ला र जनसंख्याको आधारमा रमेश थामी “छड्केसलाम” ले संकलन गरेको विवरण जानकारी गराउदैछौ ।

२०६८ सालको जनगणनाको आधारमा अहिले सम्म २० जिल्लामा थामी समुदाय रहेको तथ्यांकले देखाएको छ भने, सबै भन्दाबढी थामी समुदाय र भाषी दोलखा जिल्लामा रहेको छ, भने सबै भन्दा कम रौतहट जिल्लामा रहेको पाइन्छ ।

यस समुदायको सबैभन्दा बढी बसोबास रहेको दोलखा जिल्लामा १४,८६८ रहेको उल्लेख गरिएको छ । भने सबैभन्दा कम जनसंख्या रहेको जिल्ला रौतहटमा जम्मा १३ जना रहेको देखिन्छ । त्यसैगरी दोश्रोमा सिन्धुपाल्चोकमा छन । यो जिल्लामा थामी भाषी र समुदायको जनसंख्या ३,२७७ रहेको पाइन्छ । त्यसैगरी तेश्रोमा इलाम जिल्लामा रहेको पाइन्छ । इलाममा यो समुदायको भाषीहरु ७२६ जनसंख्या रहेका छन ।

त्यसैगरी चौथोमा रामेछाप जिल्ला रहेका छन । यो जिल्लामा थामी समुदायहरुको जनसंख्या २,०३० रहेको २०६८ को जनगणनाको तथ्यांकले देखाएको छ । त्यसैगरी पाँचौंमा सिन्धुली जिल्लामा रहेका छन । यो जिल्लामा थामी भाषीको बसोबासको जनसंख्या ६५४ रहेकोे पाइन्छ । त्यसैगरी काठमाडौ जिल्लामा थामीहरुको जनसंख्या ३८१ रहेको तथ्यांकमा रहेको देखिन्छ ।

त्यसैगरी यो समुदायको बसोबास रहेको जिल्ला र जनसंख्या क्रमशः सर्लाही जिल्लामा १९५, भोजपुर जिल्लामा १९१ जना, झापा जिल्लामा १४१ जना, मोरङ जिल्लामा १३५ जना, ललितपुर जिल्लामा ९१ जना, काभ्रेपलान्चोक जिल्लामा ८६ जना, सुनसरी जिल्लामा ६६ जना, उदयपुर जिल्लामा ६२ जना, भक्तपुर जिल्लामा ६१ जना, खोटाङ जिल्लामा ४४ जना चितवन जिल्लामा ३१ जना, मकवानपुर जिल्लामा १९ जना र सिराहा जिल्लामा १७ रहेको २०६८ सालको जनगणना तथ्यांकले देखाएको छ ।

यस तथ्याङ्कमा सोलुखुम्बु, जुम्ला लगायत अन्य जिल्लाको जातिगत तथ्याङ्क छुट्टिएको छ । २०६८ सालको जनगणनाको आधारमा माथिउल्लेखित तथ्यांकले देखाएको छ भने, आगामी(अर्थात) २०७८ को तथ्यांकले के आउँछ हेर्न बाँकीनै छ ।

साथै हामीले सुन्दै आएको एक प्रंसङ के छ भने, थामी थर गरेका अन्य समुदाय र अन्य समुदायको थर गरेका थामी समुदाय विभिन्न जिल्लामा बस्दै आएका छन भन्ने सुनिन्छ । जस्तै: थामी मगर, सुर्खेत जिल्ला, थामी दनुवार, सर्लाही जिल्ला र अधिकारी थामी रसुवा जिल्लामा रहेको पाइन्छ । सत्यतथ्य के हो थामी समुदायले पनि सोधपुछ गरि तथ्यांक संकलन गर्न जरुरी देखिन्छ । यो समस्या थामी समुदायबाट संस्थागत रुपमै समाधान गर्न जरुरी देखिन्छ ।

कमेन्टहरु