नेकपा (एमाले) कृष्णनगर संदिप मौर्याको अध्यक्षतामा ४१ सदस्यीय सर्वसम्मत नगर कमिटी गठन


कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगर कमिटी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम नगर अधिवेशन समपन्न भएको छlल । कृष्णनगर नगरपालिकाको नेकपा (एमाले) नगर कमिटी संदीप मौर्यको अध्यक्षतामा ४१ सदसिय सर्वसम्मत नगर कमिटी गठन भएको छ ।
नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरि कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेगले नवलपुर टुडेलाई जानकारी दिएका छन् l
नगर अधिवेशनमा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य बलराम अधिकारी, विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सिराज अहमद फारूकी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सफर अलि मियाँ, सुशील श्रीवास्तव लगायत अन्य जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।
हालै सम्पन्न भएको नेकपा एमाले कृष्णनगर वडा कमिटीका पदाधिकारीहरूको समेत सहभागितामा भव्यताका साथ प्रथम नगर अधिवेशन समपन्न भएको छ । नव गठीत नगर कमिटीले नगर भित्रका गरीब, असहाय, पिछडावर्ग, अल्पसंख्यक लगायत अन्यको हकहितमा सदैव रहि नगरको विकासमा प्रत्यक्ष संलग्न भै नगर विकासमा अग्रणी भुमिका निर्वाह गरिने नगर कमिटी सदस्य मिर्जा रासिद वेगले बताउनुभयो l






















