राजनीति

बागमति प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिईन

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०३:०७ बजे

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै शाक्यले बैठकमै राजीनामा दिएकी हुन्।

शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत २ भदौमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन्। २७ भदौमा १३ जना सांसदले नेकपा (एकीकृत समाजवाद) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।

शाक्यले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रक्रियाअन्तर्गत मत विभाजन हुने तय भएपनि सम्बोधन लगतै राजीनामा दिएर विश्वाको मत फेस गर्नबाट पछि हटेकी हुन्। शाक्यको राजीनामालगतै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

कमेन्टहरु