राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य राजीनामा दिने तयारीमा

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०१:०७ बजे

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेश सभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए ।

कमेन्टहरु