देश

महोत्तरीमा स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १० | बिहान १०:०७ बजे

महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नं को स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । रासस

कमेन्टहरु