समाज

देवाही गोनाही नगरपालिका १ मा वडा कार्यालयको भवनको लागि गरियो शिलान्यास

जगत ठाडा मगर
२०७८ कार्तिक १० | बिहान ०५:०७ बजे

सुनिल रजक
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बिच नगर प्रमुख धर्मेन्द्र पटेलले शिलान्यास गर्नु भएको थियो । यस अघि वडा कार्यालय निजी घरमा सञ्चालन हुँदै आएको थियो । त्यस्कै मध्य नजर गरि वडा कार्यालय निर्माण हुन लागेको सो वडाका वडा अध्यक्ष शेख नुरुल्लाहले जानकारी गराउनु भयो ।

करिब २० लाखको लागतमा तिन कोठे भवन निर्माण हुन लागेको हो । सो अवसरमा जनप्रतिनीधीहरु, स्थानिय भद्रभलादमी, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु