परमादेशको जवाफ आउने चुनावमा जनादेशबाट दिन्छौं : प्रदीप ज्ञवाली


काठमाडौ । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको परमादेशको जवाफ आउने चुनावमा एमालेले जनादेशबाट दिने बताएका छन् । नेकपा एमाले रेसुंगा नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
एमाले सरकारलाई परमादेश गर्ने न्यायलय अहिले आफैं बिटुलो बनिरहेको उनको भनाइ छ । ‘सरकार मात्रै होइन न्यायलय उदाङ्गो बनेको छ । आसेपासेसँगै न्ययाधिशको कोटामा पनि मन्त्री ! कार्यपालिका र न्यायलयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो,’ उनले भने, ‘फेरि पनि जनताले एमाले खोजिरहेका छन्, गाउँगाउँमा पुग्छौं ।’
जनताको जनादेशको विरुद्ध दल, अदालत, निर्वाचन आयोग र सभामुख जस्ता संस्थाहरुबाट घेरिए पनि पार्टी एक ढिक्का बनाएर सर्वसम्मत कमिटी निर्माणसंगै संगठन गतिशिल बनाउन, पार्टीका बिचार र सिद्धान्त जनता माझमा पुराएर जनतासँगको सम्बन्ध अझै सुदृढ बनाउन ज्ञवालीले जिल्ला स्तरिय नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
सात दशक आन्दोलनको उपलब्धि संस्थागत गर्ने देखि देशका ठूला लडाइँमा नेतृत्व गर्ने एमालेले अब पनि स्थायीत्व र समृद्धिको नेतृत्वको अगुवाई गर्न सक्ने हिम्मत राख्ने ज्ञवालीले दाबी गरे ।






















