राजनीति

परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | मध्यान्ह ०३:०७ बजे

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने पाँच न्यायाधीशको राजीनामा मागेका हुन् । मंगलबार पार्टीका देशैभरका पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले यस्तो भनाइ दिएका हुन् । कसले के गरेको थियो भन्ने न्यायाधीशहरूले नै भन्न थालेको भन्दै ओलीले परमादेश एकजनाले मात्र नभई पाँचजनाले दिएको बताए ।

त्यसैले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मात्र नभई पाँचैजनाले राजीनामा दिनुपर्ने ओलीको भनाई छ । पाँचजना न्यायाधीशका कारण यो अवस्था आएकोले पाँचजनाले नै राजीनामा दिनु उपयुक्त होइन ? भन्दै ओलीले प्रश्न गरे । सर्वोच्चका न्यायाधीश, नेपाल बार एसोसिएसन, सर्वोच्च बार तथा पूर्वप्रधानन्यायधीशहरूले जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

कमेन्टहरु