बाहिरबाट दबाब आयो भन्दैमा म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश जबरा


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुलाई आफूले राजीनामा नदिने जवाफ दिएका छन् । आज प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबिच करिब ४५ मिनेट छलफल भएको थियो ।
सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । ‘मेरो संवैधानिक नियुक्ति हो । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । तपाईंहरुमाथि पनि प्रश्न उठेका छन्, के तपाईंहरु राजीनामा दिनसक्नुहुन्छ ?,’ जबराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका थिए । न्यायालयमा संकट गहिरिँदै गएपछि बिदामा बसेका दुई न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् ।






















