खेलकुद

खेलकुदको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : नेता सिंह

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलकुदको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मंगलबार वीर गणेशमानसिंह स्पोर्ट्स समितिले काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘यस्ता प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,’ उनले भने । नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले ६ दशकसम्म खेलेको भूमिका अनुकरणीय रहेको नेता सिंहले बताए ।

कमेन्टहरु