वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | मध्यान्ह १२:०७ बजे

सिरहा । सिरहामा एक वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।
सिरहा नगरपालिका वडा नं १८ का अध्यक्ष रामसोगारथ यादवको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
डीएसपी बुढाथोकीका अनुसार ती मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ । वडा अध्यक्ष नजिकैको होटलमा खाजा खान जाँदा रोकेर राखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















