देश

आजदेखि लाइसेन्सको नयाँ आवेदन खुल्ला

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ ।

गत वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएको नयाँ आवेदन ६ महिनापछि बल्ल आजबाट खुलाएको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले निर्णय गरेको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकिदै नयाँ आवेदन खुलाएको हो ।

कमेन्टहरु