लेनदेन मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | बिहान ११:०७ बजे

सिरहा, ०९ कात्तिक । लेनदेन मुद्दामा फरार रहेका एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कल्याणपुर नगरपालिका २ चतरी निवासी ५५ बर्षीय शितल मलाह मुखियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लेनदेन मुद्दामा जिल्ला अदालतबाट २ बर्ष कैद सजाय तोकिएपछि उनी फरार भएका थिए । सोमबार उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






















