राजनीति

भिम रावलले लेखित राजिनामा तयार गर्दै

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | बिहान ०६:०७ बजे

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने तयारी गरेका छन् ।

रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए । उनले मौखिक त दिइसकें यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ, अब त्यो दिन्छु होला’ उनले भने, ‘पदको दृष्टिकोणबाट मैले हेरेको छैन, पार्टीको प्रणाली विधि र लोकतान्त्रिक मान्यता हेर्छु राजीनामाको कुरा पनि त्यसैगरी आएको हो ।’

गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन् । पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन् । तर पार्टी अध्यक्ष ओली रावललाई त्यो जिम्मेवारीमा फर्काउन तयार छैनन् ।

कमेन्टहरु