राजनीति

बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्यो

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | बिहान ०६:०७ बजे

काठमाडौ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने औल्याएका छन्।

सोमबार बसेको बैठकपछि निकालिएको विज्ञप्तिमा सल्लाहकार समितिसँगको छलफलपछि न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो ।

सर्वोच्च बारका सचिव ॠषिराम घिमिरेले न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरिएको बताए।

photo 2021 10 25 17 28 39

कमेन्टहरु