लागूऔषध सहित एक जना युवक पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह ०८:०७ बजे

विनोद मण्डल
सिरहा । सिरहामा लागु औषध बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राऊ गरेका छ ।
अर्णमा गाउँपालिका वडा नं ३ का २३ वर्षीय पप्पु दासलाई सिरहा नगरपालिका वडा नं १८ इटारीमा वडा प्रहरी कार्यालय सिराहाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेका हुन् । स ४ प ७६०८ नम्बरको मोटसाइकललाई चेक जाच गर्ने क्रममा उनको साथबाट फेरागन १०० पिस इंजेक्शन लगायत करिब ३०० पिस लागू औषध फेला परेको हो ।
अहिले ऊनीमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






















