देश

बाढी पीडितलाई सुरक्षा निकायद्वारा राहत वितरण

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह ०८:०७ बजे

विनोद मण्डल
सिराहा । बेमौषममा आएको अकस्मात बाढी पहिरोका पीडितहरुलाई सुरक्षाकर्मीहरुले राहत बितरण गरेका छन ।

अकस्मात मौसम परिवर्तनको कारण देशभरि धन जनको ठूलो क्षति हुनुका साथै भित्राउन लागेको धान बाली समेत नष्ट भएको बखत देशभरि राहत कार्यक्रम जारी रहेको बेला सिराहामा पनि राहत बितरण गरेको हो ।

सिरहामा संयुक्त सुरक्षा निकायद्धारा आज एक कार्यक्रमका बीच सुखिपुर नगरपालिका वडा नं, ६ का विन्देश्वर सदायलाई नागरिकता र कम्बल नेपाली सेनाबाट २ बोरा चामल र नेपाल भारत मैत्री महिला समाजबाट प्राप्त पाल नेपाली सेनाबाट जडान गरि दिएको छ ।

बाढीले घर भत्केका धनगढीमाई र गोलबजार नगरपालिकाको घर परिवारलाई तत्कालको लागि राहत स्वरुप पाल जडान गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको छ ।

कमेन्टहरु