यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभाका २० सांसद (सूचीसहित)


काठमाडौं । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिदैछ । यसै वर्षको फाल्गुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो । रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नु पर्नेछ ।
रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन् ।
एमालेबाट पदवधी सकिने ८ सांसदहरु, अगम प्रसाद वान्तवा राई, उषा शर्मा पौडेल, कविता बोगटी, कोमल वली, राम लखन चमार, सुमनराज प्याकुरेल, नैनकला ओझा र परशुराम मेथ्री गुरुङ छन ।
त्यसैगरी माओवादी केन्द्रबाट खिम कुमार वि.क., जीवन बुढा, शशिकला दाहाल र दीनानाथ शर्मा रहेको छ । यसै गरी एकिकृत समाजवादीबाट ठगेन्द्र प्रकाश पुरी, शान्ती कुमारी अधिकारी जिसी, शेरबहादुर कुवर र उषा शर्मा पौडेल रहेका छन ।
यसैगरी नेपाली कांग्रेसबाट दुर्गा नारायण पाण्डेय, तारा देवी भट्ट र राधेश्याम अधिकारी रहेका छन । भने, मनोनितबाट रामनारायण बिडारी रहेका छन ।






















