पाँचथर बस दुर्घटना (अपडेट) : घाइते भएका २ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह ०२:०७ बजे

पाँचथर । पाँचथरको फिदिममा आज अपरान्ह भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । सो घटनामा पाँच दर्जन यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सिवा खोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो ।
डिएसपी थापाले मृतकको पहिचान खुल्न नसकेको बताए । घटनामा ६३ जना घाइते भएका छन् । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते भएका मध्ये चारजनालाई थप उपचारका लागि झापा पठाइएको छ ।
अन्यको पाँचथर जिल्ला अस्पताल, पाथीभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।






















