अमेरिकामा मधेसी समाजको तेस्रो अधिवेशन सम्पन्न


पर्सा । अमेरिकामा मधेसी समाजको तेस्रो अधिबेशन सम्पन्न भएको छ । मधेसका विभिन्न जिल्लाबाट अमेरिकामा बसोबास गर्दै आईरहेका नेपालीहरुले बिभिन्न संघसंस्था संचालन गर्दै आएका छन । बिरगंज बासी तथा अमेरिका मधेसी समाज टेक्सास टोलीका वरिष्ठ उपाध्यक्ष रामबाबु गुप्ताले नवलपुर टुडेसंग कुरा गर्दै जानकारी दिएका छन ।
अमेरिका मधेशी समाज सन् २०१५ मा स्थापना भएको गैरनाफामूलक संस्था हो, जसले संयुक्त राज्य अमेरिकामा मधेशी संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि काम गर्दछ।अमेरिकामा मधेसी समाजले हरेक वर्ष नेटवर्किङ इभेन्ट, होली कार्यक्रम, समर पिकनिक, दशैं तिहार र छठ पर्व, ब्लड ड्राइभ कार्यक्रम र अन्य धेरै जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दछ। यी सबै घटनाहरू अमेरिका मधेसी समाज टोलीका सदस्यहरू, प्रायोजकहरू र समुदायका सदस्यहरूको संयुक्त प्रयासमा सञ्चालन गरिन्छ। विगतमा टोलीका सदस्यहरु प्राकृतिक आपद र महामारीको पीडितहरुका लागि राहत कार्यक्रममा सक्रिय रूपमा भाग लिदै आएका छन्।
अधिवेशनबाट तीनवटा टोलीको गठन भएको छ। अधिवेशनमा इर्विंगका मेअर “Rick Stopfer” को बिशेष उपस्थिती रहेको थियो । अमेरिका मधेसी समाज केन्द्रीय टोली, अमेरिका मधेसी समाज टेक्सास टोली, अमेरिका मधेसी समाज ओक्लाहोमा टोली, अमेरिका मधेसी समाज केन्द्रीय टोलीका अध्यक्षमा सशी भुसन यादव, वरिष्ठ उपाध्यक्षमा नित्य साह, उपाध्यक्षमा दिनेश यादव, महासचिवमा मुकेश यादव, सह-सचिवमा सुरेन्द्र राम, कोषाध्यक्ष बिकाश गुप्ता, अधिवक्ता मुकेश साह, मिडिया/आईटी संयोजकमा अस्मिता यादव, महिला संयोजकमा किरण अधिकारी र कार्यकारी सदस्यहरूमा मधुसुदन चौधरी, धनन्जय यादव, भोपाल साह, अन्जु सोनी, बिबेक रौनियार सोनाम सिंह राजपुत र राजिव रंजन मनोनित भएका छन्।
अमेरिका मधेसी समाज टेक्सास टोलीका अध्यक्षमा चितरंजन यादव, वरिष्ठ उपाध्यक्षमा रामबाबु गुप्ता, उपाध्यक्षमा सोनी साह, महासचिवमा सुरेन्द्र चौहान, सह-सचिवमा गोविन्द कुमार कानु, कोषाध्यक्षमा मुकेश पटेल, मिडिया/आईटी संयोजकमा पारस केसी विद्यार्थी तथा युवा संयोजकमा सन्दिप पटेल तथा कार्यकारी सदस्यहरूमा अजय राम, बिपिन कुमार यादव, बबिता साह रौनियार, अन्केश यादव, आदित्य सर्राफ, पमी यादव र बब्लु यादव मनोनित भएका छन्।
अमेरिका मधेसी समाज ओक्लाहोमा टोलिका अध्यक्षमा सन्तोष महरा, उपाध्यक्षमा रंजित साह, सचिवमा बिबेक गुप्ता, कोषाध्यक्षमा दिल बहादुर पटेल तथा कार्यकारी सदस्यहरूमा रिजवान आलम, रवि यादव र किरण निषाद मनोनित भएका छन्। आउने दिनमापनि अमेरिका मधेसी समाजले यसरीनै सक्रिया रुपमा काम गर्ने वरिष्ठ-उपाध्यक्ष गुप्ताले जनाएका छन।






















