राजनीति

बालुवाटारमा आज मन्त्रिपरिषदको बैठक बस्दै

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

सुदूरपश्चिम र प्रदेश १ का बाढी–पहिरो प्रभावित क्षेत्रको अनुगमन गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई क्षतिपूर्ति तथा राहत प्रदान गर्ने सन्दर्भमा निर्णय लिने छ ।

सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको झाँक्रीको भनाइ छ ।

कमेन्टहरु