दरबारमार्ग प्रहरीको जिम्मा डीएसपी खड्कालाई

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | बिहान ११:०७ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ ।
उनले यसअघि महानगरीय प्रहरी वृत्त बालाजुको इन्चार्ज भएर काम गरेका थिए । काठमाडौं जिल्लाको आकर्षक पोष्टिङ मानिने दरबारमार्गमा सरुवा भएका खड्का पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका भतिजा हुन् ।
धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले उनलाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरेको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका पनि डीएसपी मदन कुँवर चार महीनामै हटाइएका छ । प्रहरी प्रधान कार्यालयले डीएसपी ठगबहादुर केसीलाई पठाइएको छ ।






















