देश

एक लाख बढी डोज फाइजर खोप नेपाल आइपुग्यो

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | बिहान १०:०७ बजे

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

कमेन्टहरु