बुटवल योगीकुटी प्रहरी चौकीकि बिमला सहित ३ प्रहरी अधिकृत पुरस्कृत


बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल तिलोत्तमा योगिकुटीका प्रमुख असई विमला गोतामेलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो । रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उक्त अवार्ड प्रदान गर्दै बधाई दिएका थिए । कुशलतापूर्वक जिम्मेवारी एवम् प्रशंसनीय ढंगले सम्पादन गरे बापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ । नगर प्रहरी कार्यालय बुटवल तिलोत्तमाका प्रमुख असई विमला गोतामेले असोज महिनामा आफ्नो उत्कृस्ट कार्यशैली प्रस्तुत गर्नुभएको थियो।
तिलोत्तमा-२ योगीकुटीमा अस्थायी प्रहरी पोस्टको इन्चार्जको रुपमा रहेकी उनले हालैमात्र भएको मोतिपुर घटनाका सम्बन्धमा समेत उल्लेखनिय कार्य गरेकी थिइन्। त्यसो त उनकै सहभागिता र उर्जामा अस्थायी प्रहरी पोस्टको भौतिक संरचनालाइ सानो भाका कारणले नया सुबिधा सम्पन्न भवन बनाएर अघि बढ्दै छिन। उनकै नेतृत्वमा स्थानिय समाजसेवी र तिलोत्तमा नगरपालिकाको सहयोगमा नगर प्रहरीको सुविधायुक्त २ तल्ले ८ कोठाको भवन निर्माण सम्पन्न हुने चरणमा छ।भवन निर्माण गर्न अझै सहयोग को खाचो रहेको र बिस्तारै सबैले सहयोग गरिरहेको प्रमुख असई विमलाले बताईन।
उनले भौतिक संरचनाको अभावमा प्रहरीले दिनरात सेवा गर्दै आएको तर स्थानिय समाजसेवीहरुले देखाएको सहयोगको भावना प्रति खुसि ब्यक्त गर्दै अझै सहयोग गर्न इच्छुक व्यक्तिले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग गर्न सक्ने नगर प्रहरी कार्यालय बुटवल तिलोत्तमाका प्रमुख असई विमला गोतामेले बताएकी छिन।






















