देश

बाढीपहिरोबाट मृतकको परिवारसँग प्रधानमन्त्री देउवाको भेटघाट

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | बिहान ०६:०७ बजे

काठमाडौं । बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार इलाम पुगेका छन् ।

देउवाले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् ।
यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमण गरेका थिए, आइतबार भने उनी पूर्वतर्फ गएका हुन् ।

आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेज ल्याउने घोषणा समेत गरेका छन् ।बाढीपहिरोबाट मृतकको परिवारसँग प्रधानमन्त्री देउवाको भेटघाट

कमेन्टहरु