धर्म–संस्कृति/रीतिथिति

पाकिस्तानमा पैगम्बर मोहम्मदको गरिएको अपमान प्रति इत्तेहाद नेपाल द्वारा विरोध : प्रेस विज्ञप्ति सहित

जगत ठाडा मगर
२०७८ कार्तिक ७ | मध्यान्ह ०७:०७ बजे

कृष्णनगर । इत्तेहाद नेपाल कपिलवस्तु संस्थाले पाकिस्तानको फैसलाबाद स्थित टाइम सिरोमिक्स लिमिटेड कंपनीले उत्पादन गर्ने टायलमा पैगम्बर मोहम्मदको नामको अगाडि त्यहाँ काम गर्ने चिनियाँ नागरिक हरूले पीबीयुएच शब्द थपे पछि विवाद सुरू भएको अवस्थाको समाचार माध्यम तथा सामाजिक संजालमा आएको हुदाँ चिनियाँ नागरिक हरूले गरेको पैगम्बर मोहम्मदको अपमानको घोर निंदा तथा विरोध गरिएको प्रेस विज्ञप्ति इत्तेहाद नेपाल कपिलवस्तुले निकालेको छ l

उक्त प्रेस विज्ञप्तिमा चाइनाको विस्तारवादी नीतिको बिरोध गर्दै चाइनामा उइगर मुस्लिम माथीको दमनको समेत बिरोध गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ l साथै अब पैगम्बर मोहम्मद सहबको अपमान गर्ने कुनै पनि प्रकारको कार्य सहन नहुने समेत इत्तेहाद नेपाल कपिलवस्तु का अध्यक्ष किफायतुल्ला खां को हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको छl

कमेन्टहरु