राजनीति

जनमत पार्टीमा सदस्यता लिनेकाे लर्काे : केन्द्रीय सदस्य चाैधरी

जगत ठाडा मगर
२०७८ कार्तिक ७ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी । जनमत पार्टीमा सदस्यता लिने मधेसी जनताको लर्काे लागेको छ। मधेसी जनताले अाफ्नाे हकअधिकारका लागि जनमत पार्टी नै राम्रो र जनताको लागि कार्य गरिएको भन्दै धमाधम पार्टि सदस्यता लिरहेका छन । जनमत पार्टीको संगठन विस्तार कार्यक्रममा मधेसी जनताहरुले पार्टी सदस्यता हर्षाेउल्लासका साथ धमाधम लिरहेकाे पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीले बताए ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -५ गेरमिमा जनमत पार्टी संगठन विस्तार कार्यक्रममा २१ सदस्यीय टाेल कमिटी गठन गरिएको छ । जनमत पार्टी मधेसी जनताको हकअधिकार दिलाउनकाे लागि चन्द्रकान्त राउत ( सिके राउत) ले पार्टी दर्ता गराएको भन्दै खुसिका साथ गेरमिका गाउँबासिहरुले पार्टी सदस्यता लिई २१ सदस्यीय टाेल कमिटी गठन गरेका छन ।

photo 2021 10 24 06 22 49

पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीकाे प्रमुख अतिथामा गरिएको संगठन विस्तार कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले मधेसी जनताको अधिकार दिलाउनकाे लागि पार्टीले एउटा सिंगो मधेसी जनताको लागि हरेक कडा भन्दा कडा कदम चालेर केन्द्र संम अावाज उठाउन तात्पर्य रहेको बताउनुभयो । उहाँले जनमत पार्टीले मात्र पार्टी सदस्यता लिएको अथवा पार्टीमा लागेको मधेसी जनताको लागि मात्र कार्य गर्ने पार्टी हाेईन भन्दै सिंगो मधेसी जनताको हितका लागि पार्टी दर्ता भएको बताए । साथै उहाँलेे हरेक मधेसी जनताको हकअधिकारकाे लागि अाफुस्वम अाफ्नाे ज्यानकाे बाजि लगाउन तयार रहेको समेत बताए ।

photo 2021 10 24 06 22 54

संगठन विस्तार कार्यक्रम रमेश प्रसाद गुप्ताको अध्यक्षतामा २१ सदस्यीय टाेल कमिटी गठन गरिएको हाे । साे अवसरमा अतिथिहरुमा जनमत पार्टीका सारदा कुमारी चाैधरी ,जमिर मंसुरि , अखिलेश त्रीपाठि , कृष्णकान्त चाैधरी ,गिता पाण्डे लगाएको अतिहरुकाे सहभागीता रहेको थियोे । कार्यक्रमकाे अध्यक्षता साेहराब देवानल गरेको थिए ।

कमेन्टहरु