दाङको तुलसीपुरमा बस दुर्घटना, १ जनाको मृत्यु, २१ जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक ७ | मध्यान्ह ०६:०७ बजे

दाङ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको छ । तुलसीपुर उपमहानगर-६ मोतिपुरमा भएको दुर्घटनामा १ जना यात्रुको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर घोराही १० निवासी २८ वर्षी प्रेम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस मोतिपुरका ओरालोमा सडकदेखि तल खस्दा प्रहरीले जनाएको छ ।






















